loader image

Knowledge Hub

Making Environment Friendly Sanitary Pad at Home

Category:

Menstruation Education Toolkit


Publisher:

RVWRMP


Published Date:

2021


Summary

परियोजना सञ्चालित ग्रामीण क्षेत्रमा महिनावारीको समयमा सुरक्षित स्यानिटरी प्याडको प्रयोग गर्ने प्रचलन नभएको कारणले उक्त अवधिमा महिलाहरुको शरीर र कपडा फोहोर भई व्यक्तिगत सरसफाइमा समस्या आउनुको साथै अन्य मानिसहरुको अगाडि देखिन समस्या भई महिलाहरुको आत्मसम्मानमा चोट परिरहेको अवस्था विद्यमान छ । त्यसैले व्यक्तिगत सरसफाइको कारणले आउने समस्याबाट छुटकारा पाउन तथा कपडा फोहर हुन नदिई महिनावारी हुँदा समेत सुरक्षित र निर्धक्क भई दैनिक क्रियाकलापहरु गर्न, विद्यालय, कार्यालय तथा अन्य सामाजिक कृयाकलापहरुमा सहभागि हुन समेत सहजताको लागि घरेलु स्तरमै सुरक्षित स्यानिटरी प्याड निर्माण गरि प्रयोग गर्न सकिन्छ । महिनावारीको समयमा फोहर कपडाको प्रयोगले संक्रमण हुन सक्छ । कपडा मात्र प्रयोग गर्दा पटक पटक कपडा फेर्नुपर्ने कारणले झण्झट हुन जान्छ । त्यसैले घरेलु स्तरमा तयार गरिएको प्याड प्रयोग गरेमा यसको पुनः प्रयोग समेत गर्न सकिन्छ । ग्रामीण क्षेत्रमा बजारको प्याड किन्दा आर्थिक रुपले महँगो पर्ने, सहज रुपमा उपलब्ध नहुने र रसायन प्र्रयोग समेत हुन सक्ने भएको कारणले उपयोगी हँुदैन । महिनावारी स्वच्छतामा उचित ध्यान पु¥याउन नसक्दा विभिन्न प्रकारका यौन रोग, सेतोपानी बग्ने तथा पाठेघरको मुखको क्यान्सर समेत हुन सक्ने खतरा रहन्छ । महिनावारीको समयमा सरसफाइमा उचित ध्यान दिन सकिएमा यस्ता जोखिमहरुबाट सजिलै बच्न सकिन्छ